महासंघको केन्द्रीय सदस्यमा नविन रिजाललाई अधिकांश उद्योगी व्यवसायीको समर्थन

महासंघको केन्द्रीय सदस्यमा नविन रिजाललाई अधिकांश उद्योगी व्यवसायीको समर्थन


मोरङका उद्योगी नविन रिजाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को केन्द्रीय सदस्यको दौडमा रहेका छन् । नगर तथा जिल्ला तर्फबाट खुल्ला केन्द्रीय सदस्य पदको लागि रिजालले उम्मेदवारी दिएका हुन् ।
 
रिजाल नेपालकै प्रतिष्ठित उद्योगी व्यवसायीहरुको संस्था मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । संघमा कार्यसमिति सदस्य, प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्ष पदमा कार्यरत छन् । केन्द्रीय सदस्यमा उनलाई मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, पूर्वअध्यक्षहरु पवनकुमार सारडालगायत कोशी प्रदेश उद्योग वाणिज्य संघसंस्थासँग आवद्ध अधिकांश उद्योगी व्यवसायीको समर्थन रहेको छ । 

विराटगनर नाका हुँदै सुनसरी मोरङ औधोगिक करिडोर जोड्ने भारत बथनाहाको मिरगंज पुलको निर्माणदेखि विराटगनर भन्सार कार्यालयसम्म औधोगिक कच्चा पदार्थ ल्याउन रेलवे र रेल मार्ग पूर्वाधार निर्माणकालागि नेतृत्वदायी भूमिका निर्वाह गरेका क्षमतावान उद्योगी रिजाल केन्द्रीय सदस्य पदका बलियो उम्मेदवार हुन् । 

कोभिड–१९ महामारीपछि लथालिंग अवस्थामा पुगेको औधोगिक तथा व्यवसायीक क्षेत्र यूक्रेन र रुस बिच भएको युद्धको कारण आर्थिक चपेटामा पुगेको औधोगिक क्षेत्रलाई उकास्न महत्वपूर्ण योगदान दिएका उनी बैंक तथा वित्तिय संस्थाहरुले असुली गरिरहेको चर्को ब्याजदरका विरुद्ध पनि सडकमा उत्रिएका थिए । उद्योगी व्यवसायीबीच लोकप्रिय रहेका रिजाल केन्द्रीय सदस्यमा निर्वाचित हुने उच्च सम्भावना छ । 

उनलाई महासंघको केन्द्रिय सदस्य पदमा अत्याधिक मतका साथ विजयी गराउन मोरङ व्यापार संघ विराटनगरले पनि देशभरका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

महासंघको यही चैत्र २८ र २९ गते काठमाडौंमा ५७औँ वार्षिक साधारण सभा हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरु रहेका छन्, जसमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ रहेका छन् । उनीहरुले प्यानलसहित प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिसकेका छन् । हालका महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै छन् ।

Logo