भारतमा उत्कृष्ट पशुको उपाधी जितेकाे गोलु–२ नामक भैसीको मुल्य नै १६ करोड

भारतमा उत्कृष्ट पशुको उपाधी जितेकाे गोलु–२ नामक भैसीको मुल्य नै १६ करोड


करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला ।

एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा गोलु–२ नामको त्यो भैंसी ल्याईएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्याे भैंसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटकाे पनि चर्चा परिचर्चा हुन थालेकाे छ । त्याे भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।

गोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी सुरू भएकाे हाे । गोलु–२ काे मात्रै होइन, त्यसवाट जन्मेका देखी हजुरबुवासम्मको पनि मुल्य करोडौं तोकिएको छ । गोलु–२ को आमाको नाम रानी हो भने ​​बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हाे । हालै मुजफ्फरनगरमा ल्याईएको गोलु–२ का हजुरबुवा गोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।

सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा गोलु–२ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेकाे छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएकाे हाे । गोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, गोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन । 

आजतकका अनुसार त्यसैले त घोलुका  परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाईएको छ ।

Logo