व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरी -सभामुख घिमिरे

व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरी -सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् । 

शनिवार काठमाडौंमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए । 

उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लवले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए । 

सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यक्तालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए । लायन्स क्लवले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्वपूर्ण भुमिका निर्वाह गरेको पनि उनले बताए । 

Logo