दुर्गा प्रसाईंसँग दुई करोड माग्ने सांसद श्रेष्ठलाई रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण

दुर्गा प्रसाईंसँग दुई करोड माग्ने सांसद श्रेष्ठलाई रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले २४ घन्टे स्पष्टीकरण सोधेको हो । साथै छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न निर्देशन दिइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए । 

‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ।’ विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहाेस्, विज्ञप्ति-

आइतबार एक मिडियाले सार्वजनिक गरेको श्रेष्ठ र प्रसाईंबीच भएको अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियोमा सुन्न सकिन्छ । जसमा प्रसाईंले पनि दुई करोड दिने ग्यारेन्टी गरेका छन् । 

Logo