#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32380781986835750098123892965
नेपाल693014531843750411

बन्ने भाे नेपालमै गाडीदेखि नेपालकाे बिजुली भारतलाई बेच्ने सम्झौतासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये यतिबेला एक जना १६ वर्षिय किशोरीको विश्वभर चर्चा चुलिएको छ । टाइम म्यागेजिनले उनलाई वर्ष व्यक्ति घोषणा गरेपछि उनको चर्चा थप चुलिएको छ ।  यसलाई आजको समाचारमा प्रमुखताका साथ अटाएको छ ।

त्यस्तै नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा आज हिमपात भएको छ । शक्तिशाली वायू प्रवेश भएसँगै देशभर वर्षा र हिमपातको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माैसमबारे थप जान्न पनि आजको केन्द्रबिन्दु समाचार हेर्नै पर्ने हुन्छ ।

नेपालमा कुनै बेला दैनिक १८ घण्टा सम्म लोडसेडिङ हुन्थ्यो, हप्तैपिच्छे लोडसेडिङ तालिका फेरिन्थ्यो । त्यसबेला नेपालीले लोडसेडिङ अन्त्य हुन्छ भनेर सोच्न समेत सकेका थिएनन् तर अहिले नेपालीहरूले नसोचेको कुरा पूरा भएको छ । अहिले नेपालीले चाहेजति बिजुली पाएका छन्, प्राधिकरणलाई विद्युत उत्पादन र खपत बढाउने चिन्ता छ । त्यस्तै  नेपालमै सवारीसाधन उत्पादनका लागि सरकारले कोरियाली कम्पनी मोट्रेक्ससँग सम्झौता गरेको छ ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु