कञ्चन गाउँपालिका अभियान स्वच्छताबाट स्वस्थता

रुपन्देही । स्वच्छताबाट स्वस्थता भन्ने नाराका साथ कञ्चन गाउँपालिका रुपन्देहीले योग शिविर सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीका अनुसार गाउँपालिकाको वार्षिक कार्यतालिका अनुसार योग शिविर सञ्चालन गरेको हाे ।

शारीरिक व्यायाम तथा विभिन्न आसनहरूको माध्यमबाट स्वास्थ्य समस्या रोकथाम गर्न सकिने प्रभावकारी उपचार विधि योग भएकाले गाउँपालिकाले त्यस क्षेत्रका स्थानीयको स्वास्थलाई ध्यानमा राखी योग सञ्भमलन गरेको हो ।

योग गदा औषधिको प्रयोगविनै रोगनिधान गर्न सकिने भएकाले सर्वसाधारणको योग मोह बढ्दै गएको छ ।े योग जुनसुकै उमेर समूहका मानिसले पनि सजिलै गर्न सक्छन् । योगको संयोजन गोपाल विश्वकर्माले गरेका हुन् । गाउँपालिकामा योग शिविर सञ्चालन भएपछि गाउँपालिका स्थानीयहरु योग प्रति आकर्षित भएको गाउँपालिकाको भनाई छ

योगका फाइदा

– शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिन्छ ।
– नसर्ने रोगहरुको रोकथाममा प्रभावकारी तथा रोग लागिसकेपछि निर्मूल पार्न सकिन्छ ।
– यो जीवनशैली व्यवस्थापनमा सहयोगी छ।
– डर, चिन्ता, तनाव एवं मानसिक विकारबाट छुटकारा मद्दत गर्छ ।
– आधुनिक जीवनशैलीका कारण निम्तिएका विभिन्न रोगहरूले गर्दा परेको आर्थिक भार न्यूनीकरण गर्न सकिन्छ ।
– स्थान र समयका हिसाबले पनि पायक पर्ने किसिमले अपनाउन सकिन्छ ।

योगका विभिन्न आसनहरू छन् जसका कुनै बेफाइदा वा नकारात्मक असर छैनन् । तर कुन रोग वा कुन समस्याका लागि के आसन गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ । सामान्य जानकारी नलिई योग गर्दा समस्या पनि आउन सक्छ।

कञ्चन गाउँपालिका अभियान स्वच्छताबाट स्वस्थता