संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था छ- अर्थमन्त्री

संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था छ- अर्थमन्त्री


अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरूसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले भने, ‘पुँजीगत खर्चमा हामीले आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।’

अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचकांक धेरै निराशाजनक नभएको बताए । यद्यपि, माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, ब्याजदरको समस्या, पुँजी बजारको समस्या देखिएको उनको भनाइ छ । 

Logo