हक्की प्रतियोगिताको उपाधिका लागि आज आर्मी र पुलिस भिड्दै

हक्की प्रतियोगिताको उपाधिका लागि आज आर्मी र पुलिस भिड्दै


 गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली भिड्दै छन्। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्  फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ।

आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४-० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धामी घोषित भए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पुलिस क्लब, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार तथा तेस्रो हुने टोलीले रु २५ हजार र ट्रफि प्राप्त गर्ने छन् ।

Logo