जम्बो इको भेइकलकाे इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर

जम्बो इको भेइकलकाे इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर


नेपाली नयाँ वर्ष २०८० मा जम्बो इको भेइकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुट सहित अनौठो उपहार योजना ल्याएको छ ।

कम्पनीले नेपाली अटोमोबाइल क्षेत्रमै पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात दुई वटा हेलमेट उपहार योजना सहित स्किम ल्याएको हो ।

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे तापनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेभ्निङ र एमडीकेए ब्रान्डका इलेक्ट्रिक स्कुटरका आयातकर्ता जम्बो इको भेइकलले नगद २५ हजार छुट सहित अनौठो योजना ल्याएको बताएको छ ।

हाल जम्बो इको भेइकलले ३००० वाट सम्मको मोटर भएका, ७२ भोल्ट सम्मका इलेक्ट्रिकल स्कुटर तथा ई–साइकल बिक्री वितरण गदै आएको छ, जसको मुल्य ७० हजार रुपैयाँ बाट सुरु हुने गरेका छन् ।

भक्तपुरको लोकन्थलीमा मल्टि ब्रान्ड शोरुम अर्थात विभिन्न ब्रान्ड एकै स्थानमा पाइने शोरुम रहेको कंम्पनीले लेभ्निङ, एमडीकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ ।

Logo