ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा


ग्रीन डभेलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैंकले गत वर्षको नाफाबाट बोनस सेयर ३.८० प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार र कर तिर्न ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार नगद गरी कुल ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । ग्रीनले हाल कायम ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजीमा यो लाभांश प्रस्ताव गरेको हो ।

Logo