डाउन सिन्ड्रोमको निःशुल्क नियमित जाँच र उपचार गराउन सांसद कार्कीको माग

डाउन सिन्ड्रोमको निःशुल्क नियमित जाँच र उपचार गराउन सांसद कार्कीको माग


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकार सँग माग गरेकी छन् । 

सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गर्ने व्यवस्था मिलाउन माग गरेकी हुन् । उनले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुलाई अन्य धेरै स्वास्थ्य समस्याहरु आउने भन्दै उनीहरुका लागि विशेष चिकित्सक बीमाको व्यवस्था गर्नुपर्ने पनि बताइन् । 

त्यस्तै, सांसद कार्कीले डाउन सिन्ड्रोमलाई अपांगताको छुट्टै वर्गको रुपमा वर्गिकरण गर्नुपर्ने पनि माग गरिन् । उनले प्रत्येक विद्यालयहरुमा उनीहरुका लागि कम्तिमा दुईवटा कोटा अनिवार्य छुट्याउने व्यवस्था गर्नुपर्ने बताइन् । 

सांसद कार्कीले उनीहरुको पुनर्वास र बसोवास केन्द्रको व्यवस्थापन पनि सरकारले गर्नुपर्ने बताइन् । उनीहरुका लागि होस्टल र केयर होमहरुको व्यवस्था गर्नपर्ने उनले बताइन् । 

Skip This
Logo