आज एकैदिन १२४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित पनि बढे

आज एकैदिन १२४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित पनि बढे


नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २९ जनाका संक्रमणमुक्त भएका छन् भने १९ हजार २६३ जनाले कोरोनाको खोप लगाएका छन् । 

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । 

Logo