सालकको खपेटासहित दुईजना पक्राउ

सालकको खपेटासहित दुईजना पक्राउ


ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका-२ घर भई सोही नगरपालिका-७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।

Logo