निर्वाचन आचारसंहिता विपरीत बारा-२ मा चुनाव प्रचार

निर्वाचन आचारसंहिता विपरीत बारा-२ मा चुनाव प्रचार


निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ ।

तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् । 

गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन् । 

उनीहरुले निर्वाचन आचारसंहिता विपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन् । 

सो कार्यक्रम करैयामाई गाउँपालिका अध्यक्ष  शम्भुप्रसाद यादवको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा जसपालाई जिताउन अध्यक्ष यादवले कार्यकर्ताहरुसँग आग्रह गरेका थिए ।  कार्यक्रममा जसपा नेपालका नेता जोगेन्द्र पण्डित, रामविशवास साह, पिंकीकुमारी लगायतको उपस्थिति रहेको थियो ।

Logo