निजी क्षेत्रको सहकार्यले अर्थतन्त्रलाई लयमा ल्याउन सक्छौँ -प्रधानमन्त्री प्रचण्ड

निजी क्षेत्रको सहकार्यले अर्थतन्त्रलाई लयमा ल्याउन सक्छौँ -प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहकार्यले संकटमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन सकिने दाबी गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र र सरकारको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका हुन् । अहिले विदेशी मुद्राको सञ्चितिमा आएको सुधारका कारणले गर्दा अहिले अवस्था विस्तारै सुधार हुँदै गएको उनको भनाई थियो । 

साथै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएको निराशालाई चिर्नको लागि आगामी बजेटमा केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउने पनि प्रतिबद्धता जनाए । उनले अहिलेको आर्थिक समस्याको समाधान गर्न सरकारका सबै निकाय एकै ठाउँमा रहेको पनि बताएका छन्।  प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच आर्थिक गतिविधि चलायमान बनाउन सघन छलफल भइरहेको उनको भनाई थियो ।

Skip This
Logo