अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र गम्भीर छ -वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र गम्भीर छ -वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा देखिएको समस्यामा टेको लगाउन निजी क्षेत्र जिम्मेदवार रहेको बताएका छन् । 

महासंघको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । उनले भने- 'उद्यमीहरुले आर्थिक बृद्धि गर्नुका साथै रोजगारी सृजना गरी गरिबी हटाउँछन् । नीजि क्षेत्रले आर्थिक चलायमान गर्न मद्दत पुर्याउछ ।'

वरिष्ठ उपाध्यक्ष ढकालले इच्छा शक्ति भएमा असम्भव केही पनि नभएको समेत बताएका छन् । अझै पनि राजनीतिक कारण देखाएर पन्छिने गरेको भन्दै राजनीतिलाई दोष दिएर पन्छिन नमिल्ने उनको भनाई छ। उनले भने- 'अबको ३ वर्षमा निजी क्षेत्रको भूमिका बढाउन पर्छ । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र हो । त्यसैले निजी क्षेत्रलाई प्रोत्साहान गर्नु आवश्यक रहेको छ ।'

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र नीजि क्षेत्रले हातेमालो गर्नुपर्ने पनि उनले बताए ।

Logo