अध्यक्ष श्रेष्ठको दाबीः आगामी चुनावमा नागरिक उन्मुक्तिले सातै प्रदेशमा वर्चश्व जमाउँछ

अध्यक्ष श्रेष्ठको दाबीः आगामी चुनावमा नागरिक उन्मुक्तिले सातै प्रदेशमा वर्चश्व जमाउँछ


नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले आगामी चुनावमा आफ्नो पार्टीले सातै प्रदेशमा वर्चस्व जमाउने दावी गरेकी छिन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले हाल नागरिक उन्मुक्ति पार्टीले ३ वटा प्रदेशमा आफनो वर्चस्व जमाएको र आगामी चुनावमासातै प्रदेशमा वर्चस्व जमाउने दावी गरेकी हुन् । 

उनले भनिन्, नागरिक उन्मुक्ति पार्र्टीले चुनावमा ३ वटा प्रदेशमा आफनो वर्चस्व जमाएको छ । यो पार्टी कमजोर छैन आगामी चुनावमा पार्टीले सातै प्रदेश मा वर्चस्व जमाउने छ । 

नागरिक उन्मुक्ति पार्टी  कमजोर नभई दमनको विरुद्व निरन्तर आवाज उठाउने पार्टी भएको पनि मन्त्री श्रेष्ठको भनाइ छ ।

सुदूरपश्चिमवाट देशको वैकल्पिक शक्तिको रुपमा उदाएको पार्टी अहिले पूर्वसम्म फैलिएको भन्दै उनले २०७२ सालको टीकापुर घटनाबाट उत्पन्न परिस्थितिलेआज नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताइन् । 

कार्यक्रममा अन्य दल छाडेर सदस्यता लिएका नवप्रवेशीलाई अविर र खादा लगाइदिई स्वागत गरिएको थियो । जनमत पार्टीकी रिता अर्याल, नेकपा एमालेका युवा संघका पूर्व केन्द्रीय सदस्य अञ्जन भट्ट ,पुष्पराज भण्डारी, पञ्च देवी मगर लगायतका राजनीतिकर्मी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । 

Logo