काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले समूह चरणमै भारतसँग खेल्ने

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले समूह चरणमै भारतसँग खेल्ने


दुई पटकको उपाधि विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको समूह चरणमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार राति भएको ‘ड्र’अनुसार नेपाल र भारत एकै समूहमा परेका हुन् । 

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जेठ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’मा नेपाल भारतसँगै बंगलादेश र कीर्गिस्तान छन् । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, काजकिस्तान र माल्दिभ्स छन् ।

दक्षिण एसियाको च्याम्पियन भारतले पहिलोपटक यस प्रतियोगिता खेल्न लागेको हो । नेपालले भने दुई पटक यस प्रतियोगिताको उपाधि जितिसकेको छ ।  अहिले बन्द प्रशिक्षणमा २१ खेलाडी छन् । 

Skip This
Logo