मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख सहित चार जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख सहित चार जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरी विरुद्ध मुद्दा दायर गरिएको हो ।

पोखरेलविरुद्ध ९३ लाख ६६ हजार २ सय ९, विश्वकर्माविरुद्द १ लाख ४१ हजार ८ सय २५, लेखापाल चौधरी विरुद्ध ९५ लाख ८ हजार ३४ रुपया र गुप्ताविरुद्ध ९५ लाख ८ हजार रुपैयाँ ३४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Logo