उद्योग वाणिज्य महासंघकाे मतदान पुन: शुरु

उद्योग वाणिज्य महासंघकाे मतदान पुन: शुरु


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ ।

आज विहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ ।

Logo