बैशाख १ देखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

बैशाख १ देखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने


बाणिज्य बैंकहरुको ब्याजलाई लिएर चर्को बहस भइरहेको समयमा निक्षेपको ब्याजदर एकल अंकमा झारिएको छ । 

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णय अनुसार नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झारिएको छ । 

अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुने छ । यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ । 

यो निर्णय अनुसार बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम हुनेछ । सर्वत्र माग भइरहेको ऋणको ब्याजदरका बारेमा कर्जाको ब्याजदरका बारेमा भने केही जानकारी सार्वजनिक गरिएको छैन् । कर्जाको आधार दर निकालेपछि मात्र यस बारे जानकारी सार्वजनिक हुने बैंकर्स संघले जनाएको छ । 

बैंकहरूमा कर्जायोग्य पुँजी २ खर्ब हाराहारी रहेपनि कर्जा बिस्तारको काम ठप्प छ । 

Logo