वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न सरकारसँग माग

वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न सरकारसँग माग


जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले जीर्ण अवस्थामा रहेको वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेदार गर्नुपर्ने स्पष्ट पारे । 

वीरगंज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोदार तत्काल नगरे गम्भिर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए । 

Logo