#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33084572999088764299324442491
नेपाल718214671834153013

काभ्रेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काभ्रे ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बा ९२ प ५१९२ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार