पेशागत इमान्दारिताले मलाई नेतृत्वसम्म पुर्‍यायो -चन्द्र ढकाल, नवनियुक्त अध्यक्ष, एफएनसीसीआई

पेशागत इमान्दारिताले मलाई नेतृत्वसम्म पुर्‍यायो -चन्द्र ढकाल, नवनियुक्त अध्यक्ष, एफएनसीसीआई


उद्योगी चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालका लागि अध्यक्ष हुने विधानअनुसार ढकाल नयाँ कार्यकालका लागि अध्यक्ष बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार भएको ५७औं साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि मतदान भएको छ । यसको नतिजा बुधबार रातिसम्ममा प्रकाशन हुनेछ । तर साधारणसभा सकिएलगत्तै वरिष्ठ उपाध्यक्ष ढकाल अध्यक्ष चुनिएका हुन् । 

अध्यक्ष ढकालले यहाँसम्मको यात्रामा के कस्ता चुनौतीको सामना गरे ? सामान्य परिवारबाट आएको व्यक्ति कसरी सफल उद्यमी बने ? महासंघको नेतृत्व गरेपछि उनले गर्ने कार्य के हुनेछ ? यसै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दुले चन्द्र ढकालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, चन्द्र ढकालसँग गरेको कुराकानीको सम्पादित अंशः 

तपाई एफएनसीसीआईको अध्यक्ष बन्नुभएको छ । सामान्य परिवारबाट उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसम्मको यात्रालाई कसरी सम्झनु हुन्छ ?

काम गर्दा  आफ्नो टिमलाई सँगै लाने र विश्वस गरी हरेक काममा सहभागी गराउने गर्दा त्यसैको फल स्वरुप आज यो स्थानमा छु ।

-म ग्रामिण क्षेत्र बाग्लुङमा जन्मिएको मान्छे हुँ । काठमाडौं आएपछि पढाईको खर्च जुटाउन पनि धेरै गाह्रो हुन्थ्यो । म १६ वर्ष हुँदा मेरो बुबाको निधन भयो । त्यसैले ममाथि आफ्नो पढाई सँगसँगै भाइबहिनी र आमाको पनि ख्याल राख्नुपर्ने जिम्मेवारी थियो । म सानैदेखि हरेक काम इमान्दार भएर गर्थे । गाउँमा आवश्यक हुने डोकानाम्ला जस्ता आधारभूत सामान आफै तयार गर्थे । त्यसैले सानै उमेरबाट नै जुनसुकै काम गर्दा पनि इमान्दार भएर गरेपछि त्यसको परिणाम राम्रो आउँछ भन्ने भयो । त्यही इमान्दारीतालाई आत्मसाथ गरे । काम गर्दा  आफ्नो टिमलाई सँगै लाने र विश्वfस गरी हरेक काममा सहभागी गराउने गर्दा त्यसैको फलस्वरुप आज यो स्थानमा छु । हरेक कुरामा प्रतिफलको आशा नगरी इमान्दार भएर काम गरेको हुँदा आज यो स्थानमा छु । 

व्यवसायिक यात्रा कसरी तय गर्नुभयो ? बजारमा आईएमई ग्रुपको छुट्टै छाप छ, त्यसको जग कसरी खडा गर्नुभयो?

-मैले वाणिज्य बैंकमा सानो कर्मचारीको रुपमा काम सुरु गरेको थिए । त्यहाँ काम गर्दा व्यवसायी क्रियाकलापगार्मेन्ट र कार्पेटको निर्यातको कुराहरु निकै बढेको थियो । त्यो बेला निर्यातको अवसरलाई मैले किन नलिने भनेर निर्यात राम्रो भएको कार्गो कम्पनीको स्थापना गरेको हो । त्यो भन्दा पहिला सानो कोल्ड स्टोरको व्यवसाय गरेको अनुभव थियो । पछि कार्गो कम्पनी खोली सकेपछि निर्यातको कार्य सुरु गरियो । त्यसमा इमान्दार भएर काम गर्दा राम्रो परिणाम दियो । २००१ मा नेपालीहरु वैदेशिक रोजगारको शिलशिलामा मेलेसिया गए । त्यो समयमा उनीहरुले कमाएको पैसा पठाउन त्यति सहजमाध्यम थिएन । उनीहरुले बैंकमै पैसा पठाउथेँ तर त्यो रकम एक महिना अथवा बर्षौपछि मात्र ग्राहकले पाउथे । त्यसैले आम जनताको काम सहज र छिटो छरितो होस र सरकारले चाहेको विदेशी मुद्रा पनि आउन सकोस् र व्यवसायको हिसावमा पनि होस् भनेर हामीले आईएमई सुरु ग-याैँ । 

मैले गरेको हरेक काममा तीन ओटा कुरालाई मध्यनजर गरी काम गरेकाे छु । एक नम्वरमा तपाईले गर्ने व्यवसायले आमजनतालाई फाइदा हुनुपर्यो । दुई नम्बरमा तपाईले गर्ने व्यवसायलाई सरकारले पनि सर्पोट गरी आमजनतालाई इन्करेज गरेको हुनुपर्यो । नम्बर तीनमा यो आफैमा व्यवसाय पनि हुनुपर्यो । पब्लिकले पनि मन पराएको छ र सरकारले पनि प्रमोट गरेको छ तर त्यो व्यवसायिक भएन भने लामो समयसम्म टिक्न सक्दैन् । यसै सिद्धान्तसहित हामीले व्यवसायी सुरु गरेका हौँ । जस्तै रेमिट्यान्सले आम जनतालाई सहजता भएको छ । सरकारले विदेशी मुद्रा प्राप्त गरेको छ । यो आफैमा व्यवसाय पनि भएको छ । 

चन्द्रागिरि हिल्स पनि तीन सिद्धान्तमै आधारित छ । काठमाडौं नजिक पर्यटकीयस्थल जहाँ आन्तरिक र बाह्य पर्यटकहरु काठमाडौंको भिडभाडबाट शान्त र फ्रेश ठाउँमा जान सकियोस भनेर चन्द्रगिरि हिल्स बनाइएको हो ।

यस्तै, अर्को बैंक तथा वित्तिय संस्था धेरै भएर नेपाल राष्ट्र बैंकले मर्जर नीति ल्यायो । पुँजी अर्बौमा बढाउने भन्यो त्यो पनि राष्ट्र बैंकको निर्देशन बमोजिम ८ अर्ब पुँजी पुर्याउने पहिलो ग्लोबल आईएमई बैंक नै भयो । ग्लोबल पनि सरकारले चाहेको र आम जनताले चाहेको जस्तो बलियो भरपर्दो बैंक बन्यो । अर्को चन्द्रागिरि हिल्स पनि तीन सिद्धान्तमै आधारित छ । काठमाडौं नजिक पर्यटकीयस्थल जहाँ आन्तरिक र बाह्य पर्यटकहरु काठमाडौंको भिडभाडबाट शान्त र फ्रेश ठाउँमा जान सकियोस भनेर चन्द्रगिरि हिल्स बनाइएको हो । त्यसै गरेर ७ वटा प्रदेशमा हामीले पर्यटकस्थल बनाउदै छौँ । यो पनि आम जनताले चाहेको, सरकारले पनि चाहेको र सँगै व्यवसायिक रुपमा पनि अघि बढाउने योजना छ । त्यसैले यो तीन मुलमन्त्र लिएर हामीले काम गरेका छौँ । यसैको फलस्वरुप हामीलाई पब्लिकले र सरकारले सर्पोट गरेको छ भने व्यवसाय पनि भइरहेको छ । 

आईएमई ग्रुप कुन–कुन क्षेत्रमा फैलिएको छ  ?

-वाणिज्य बैंक, इन्सुरेन्स कम्पनी, इन्फाक्टक्सर बैंक, डिजिटल पेमेन्ट, हाइड्रोपावर कम्पनीमा लगानी छ । अहिले आयात प्रवद्र्धन गर्न फोटोकपी पेपर प्रोडक्सन सञ्चालन गर्ने योजनामा छौँ । बाहिरबाट आउने पेपरलाई विस्थापित गर्न पेपर प्रोडक्सन सञ्चालनमा आउदैँछ । आइटीको क्षेत्रमा पनि लागानी गरेका छौँ । नेपालमा दक्ष्य जनशक्ति उत्पादन गर्नेमा पनि जोड दिएका छौँ । शैक्षिक प्रमाणपत्र लिने तर हातमा कुनै सिप नहुने चलन बढ्दै गएको छ । 

त्यसैले दक्ष्य जनशक्ति तयार पार्नुपर्छ भनेर लागिरहेका छौँ । वैदेशिक रोजगारीमाजाँदा पनि सिप सिकेर जान सकियो भने ५ सय डलर पाउने ठाउँमा हजार पन्ध्रसय डलर पाउन सक्छन । यस्तै, नेपालमै पनि दक्ष जनशक्ति भयो भने हरेक काममा राम्रो परिणाम निकाल्न सकिन्छ । हामीले गरेको काममा सरकारको पनि साथ र सर्पोट पाइरहेका छौँ । 

बजारमा महारथी भनिएका व्यवसायिक ग्रुपहरु पनि छन्। तिनीहरुसँग प्रतिस्पर्धा गर्न अथवा आफ्नो यात्रा तयगर्न कत्तिको गाह्रो भयो ?

राम्रो काम गर्यो भने त्यसै अगाडि जान सकिन्छ भन्ने सिद्धान्तमा नै आफ्नो काममा मात्र फोकस गरेका थियौँ । 

-मैले काम गरेको चार दशक भयो । यो यात्रामा काठमाडौं आएर सुरुमा जति मेहनत गर्थे । अहिले पनि त्यत्तिकै मेहेनत गर्नुपर्छ । मलाई अहिलेसम्म धेरै गरेको छु जस्तो लाग्दैन । अझै पनि धेरै चिजहरु गर्न बाँकी नै छ । हामीले आफ्नो कामप्रति इमान्दार भएर लागेको थियौँ। अरु प्रतिस्पर्धीहरु भने अरुको काम विगार्ने तिर लाग्छन् । हामीले पहिलो दिनदेखिनै हाम्रो काममा मात्र फोकस गरेर कुनै पनि व्यवसायी घरानालाई नराम्रो हिसावले हेरेनौँ । राम्रो काम गर्यो भने त्यसै अगाडि जान सकिन्छ भन्ने सिद्धान्तमा नै आफ्नो काममा मात्र फोकस गरेका थियौँ । 

नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्नु भएको छ । यसले तपाईको व्यवसायमा केही असर गर्छ कि ?

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भन्ने छ । सोही प्रावधानले अहिले म अध्यक्ष बनेको हुँ । तर, यसरी महासंघमा आउँछु भन्ने मेरो कल्पनाभन्दा बाहिरको हो ।

-महासंघको अध्यक्ष बन्छु भन्ने मेरो कल्पनाभन्दा बहिरको कुरा थियो । पहिला त मेरो ठूलो लक्ष्य भनेको नै भाईबहिनीलाई कसरी पढाउने, आमाको कसरी ख्याल राख्ने र आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्नेमात्र थियो । तर मैले हरेक काममा मेहेनत गरे ।हरेक कामलाई प्राथमिकता दिए । त्यसरी काम गर्दै जाँदानेपाल–मलेसिया च्याम्बरको अध्यक्ष भए । त्यहाँको अध्यक्ष भएको हुनले महासंघमा निर्विरोध प्रतिनिधित्व गर्ने मौका पाए । महासंघमा आइसकेपछि व्यवसायिक गतिविधिहरु र साथीहरुसँग भेटघाट गर्दा ठिक लागेर कार्यसमितिमा चुनाव लडे र सबैभन्दा धेरै भोट ल्याएर विजयी भए । त्यसपछि उपाध्यक्षमा लड्ने सोच बनाए । त्यसपछि वरिष्ठ उपाध्यक्ष पनि भए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने भन्ने छ । सोही प्रावधानले अहिले म अध्यक्ष बनेको हुँ । तर, यसरी महासंघमा आउँछु भन्ने मेरो कल्पनाभन्दा बाहिरको हो ।

तपाईले उद्योग वाणिज्य महासंघ र उद्योगी–व्यवसायीको क्षेत्रमा गर्नु पर्ने काम के हो ?

-मैले शुन्यबाट सुरु गरेको हो । मलाई सानो व्यवसायको पिडादेखि ठूलो कर्पोरेट हाउससम्मको उतारचढावको अनुभव छ । त्यो हिसाबले पहिला ती सबै समस्यालाई नेपाल सरकार अथवा नियमक निकायमा लगेर पोलिसी लबिङमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने उद्देश्य छ । 

अर्को निजी क्षेत्रले राजस्व संकलनमा ७० प्रतिशत योगदान दिएको छ । तर उक्त क्षेत्रलाई हेर्ने धारणा भने नाफा कमाउनेमात्रै हो र सर्वसाधारणप्रति उत्तरदायी हुन्न भन्ने छ । त्यो सोच परिवर्तन गर्ने योजना छ । वास्तवमा निजी क्षेत्र साच्चै जिम्मेवार छ । यो कुरा मैले मेरो कार्यकालमा स्थापित गराउनु छ । करमा योगदान दिएको छ र रोजगारी पनि सृजना गरेको छ । त्यसैले निजी क्षेत्र भनेको सम्मानित क्षेत्र हो । 
अर्कोकुरा जिल्लानगर उद्योग वाणिज्य संघसँग जोड्ने काम गर्नुछ । जस्तै चुनावको बेला भोट माग्दा हामी यो गर्छौ भन्ने, तर चुनाव सकिएपछि बिर्सिने प्रवृत्ति छ । त्यसैले प्रत्येक प्रदेशमा लोकल व्यवसायिक गतिविधिहरु जोडेर अगाडि बढाउने उद्देश्य राखेको छु । 

Logo