च्याम्पियन्स लिगमा रियल मड्रिडले चेल्सीलाई हरायो

च्याम्पियन्स लिगमा रियल मड्रिडले चेल्सीलाई हरायो


युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गर्दा चेल्सीका बेन चिलवेलले रातो कार्ड पाएका थिए।

खेलको २१औँ मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ।

Logo