ज्येष्ठ कलाकारको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः मन्त्री ठकुरी

ज्येष्ठ कलाकारको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः मन्त्री ठकुरी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताएकी छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री ठकुरीले यस्तो बताएकी हुन् । उनले कलाकारहरु चलचित्रमा अभिनय गर्ने, गीत गाउने र नाच्न सक्ने बेलासम्मका लागि वाहवाही पाएपनि ज्येष्ठ नागरिक भएको बेलामा उनीहरुलाई कसैले नहेर्ने देखिएको अवस्थालाई मध्यनजर गरी सरकारले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि रणनीतिक  योजना बनाएर अघि बढ्ने बताइन् । 

उनले कलाकारहरुले देशको नाम विश्वमाभल पु-याउन महत्वपूर्ण भुमिका खेल्ने गरेको र तिनै राष्ट्रिय कलाकारहरुलाई भविष्यको ग्यारेन्टी नहुने दुःखद् अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले कला क्षेत्रको संवद्र्धन गर्ने कुरामा  राज्य गम्भीर रहेको बताइन् । आगामी दिनमा नेपाललाई फिल्म हब बनाउनतर्फ लाग्नुपर्ने पनि उनले बताइन् ।  

राज्यमन्त्री ठकुरीले कला र संस्कृतिको क्षेत्रलाई पर्यटनसँग जोडेर अघि बढ्न जरुरी रहेको बताइन् । 

Logo