#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व111786059203829667228990
नेपाल6051

मिस वर्ल्ड २०१९ को ताज टोनीलाई

काठमाडौं ।

यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जमैकाले जितेको छ । जमैकाकी टोनी एन सिंले सो उपाधि जितेकी हुन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान बनाएकी हुन् ।

दोस्रो स्थानमा भने फ्रान्सकी ओफेली मेजिनोले स्थान सुरक्षित गरिन् । यस प्रतियोगितामा भारतकी सुमन रावले तेस्रो स्थान जितिन् । मिस वर्ल्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् ।

नेपालकी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि हात पारिन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार