#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32793219993972760779624191451
नेपाल706144591828951866

माछाको जालमा शिशुको शव फेला

सप्तरी ।

सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा शनिबार नवजात शिशुको शव भेटिएको छ । स्थानिय तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले बताउनुभयो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार