रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस बैशाख २१ देखि हुने

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस बैशाख २१ देखि हुने


रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ ।

सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।  प्रतियोगिताको एलिटतर्फ महिला र पुरुष, मास्टर्स (+४० वर्ष) र जुनियर (–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशी र विदेशी माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले ब्यक्त गरेको छ । फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटीबी स्कुलको ब्यबस्थापनमा आयोजना हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको हो ।  रत्नाङ्गे इन्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Logo