नेपाल रेल्वेको सञ्चालन तालिका परिवर्तन

नेपाल रेल्वेको सञ्चालन तालिका परिवर्तन


नेपाल रेल्वे कम्पनी लिमिटेडले कुर्था–जनकपुरधाम–जयनगर रेल्वेले सेवा विस्तार गर्नुका साथै सञ्चालन तालिकामा पनि हेरफेर गरेको छ ।
बिहान ७ः१५ बजे कुर्था रेल्वे स्टेशनबाट खुल्ने रेल ७ः३० बजे जनकपुरधाम रेल्वे स्टेशनमा पुग्ने जनाएकाे छ। उक्त रेल ९ः१५ मा जयनगर रेल्वे स्टेशन पुग्ने छ ।

त्यस्तै जयनगरबाट ९ः३० मा जनकपुरधामका लागि खुलेको रेल १०ः५५ मा जनकपुर पुग्ने र ११ः०० बजे जनकपुरधामबाट प्रस्थान गरी उक्त रेल्वे ११ः३० बजे कुर्था पुग्ने कार्यतालिका रहेकाे  छ । 

त्यस्तै अर्को सिफ्टमा कुर्थाबाट २ः४५ मा जयनगरका लागि खुल्ने रेल २ः५५ मा जनकपुर पुग्छ र ३ः०० बजे जनकपुरबाट जयनगरका लागि प्रस्थान गर्छ । ४ः४५ मा उक्त रेल्वे जयनगर पुग्छ । ५ः०० बजे जयनगरबाट अन्तिम रेल कुर्थाका लागि खुल्छ र जनकपुरधाम ६ः२५ मा पुग्छ । उक्त रेल ६ः३० मा कुर्थातर्फ प्रस्थान गर्ने र ७ः०० बजे कुर्था पुग्ने समयतालिका बनाइएको छ ।

जयनगर रेल्वे स्टेशनमा भारती रेल्वेको ‘राजधानी एक्सप्रेस’ बिहान ९ बजे आउँछ र बेलुका ३ बजे लामो दुरीको यात्राका लागि खुल्छ । यसै समयतालिकालाई नेपाल रेल्वे कम्पनीले मध्यनजर गर्दै समयतालिका परिवर्तन गरेको जनाइएको छ ।

उनले भारतको जयनगरबाट लामो दुरीका लागि खुल्ने तथा आउने रेल्वेको समय तालिकालाई ध्यानमा राखी नेपाल रेल्वेको समय तालिकामा परिवर्तन गरिएको बताए ।

Logo