तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!


आज २०८० बैसाख २ गते शनिवार। १५अप्रील २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्रेममा मनमुटावका साथै मन कमजोर रहला।आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला। शिक्षामा वाधा आउनेछ। मन विचलित रहला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ।सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ।आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्।

Logo