ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल सुरु

ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल सुरु


शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल आज सुरु हुँदैछन्। आज तीन खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ।

च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी र जावालाखेल तथा दशरथ रङ्गशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे दशरथ रंगाशालामा हुने खेलमा त्रिभुवन आर्मी र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

Logo