नयाँ वर्षको पहिलो दिन १० हजार यात्रुले गरे मनकामना दर्शन

नयाँ वर्षको पहिलो दिन १० हजार यात्रुले गरे मनकामना दर्शन


नेपालको प्रसिद्ध देवीको मन्दिर मनकामना देवीको दर्शन गर्न नयाँ वर्षको पहिलो दिन केबलकार मार्फत १० हजार यात्रु पुगेको मनकामना दर्शन प्रा. लिले जनाएको छ । 

हिजो शुक्रबार नयाँ बर्षको पहिलो दिन करिब १० हजार यात्रुहरूले केबलकारबाट मनकामना दर्शन गरी नयाँ बर्षको सुरूवात गरेका हुन् ।

केबलकार मार्फत चैत मसान्तसम्म ७ लाख ५० हजारलाई सेवा प्रदान गरिसकेको छ । नेपालकै पहिलो केबलकार मनकामना केबलकार धार्मिक साँस्कृतिक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्णं मानिन्छ । 

Logo