२७ बर्षीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर धाने परम्परा र पारिवारिक विरासत

२७ बर्षीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर धाने परम्परा र पारिवारिक विरासत


मध्यपुरथिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सुजन बागश्रेष्ठले जिब्रो छेडेका छन् ।  

पहिलोपटक जिब्रो छेडेका सुजन नौ पटकसम्म जिब्रो छेडेर चर्चा कमाएका बुद्ध कृष्ण बागश्रेष्ठका कनिष्ठ सुपुत्र हुन् । मध्यपुरथिमिको बोडेमा हरेक बर्ष हुने मौलिक शैलीको यो जात्रामा जिब्रो छेड्न स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । 

बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर २०६५ सालसम्म निरन्तरता दिए । २०६५ देखि २०७२ सम्म भने जुजुभाईले जिब्रो छेडाएका थिए । २०७३ सालदेखि पुनः बुद्धकृष्णले नै जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। यसपटक उनका कान्छो छोरा सुजनले जिब्रो छेडाएर परम्परा र पारिवारिक विरासत दुवै धानेका छन् । 

तस्विरहरु-

 

 

Logo