राष्ट्रवादी केन्द्र नेपालले वैशाख ११ गतेबाट जनआन्दोलनको घोषणासहित आम हड्ताल गर्ने

राष्ट्रवादी केन्द्र नेपालले वैशाख ११ गतेबाट जनआन्दोलनको घोषणासहित आम हड्ताल गर्ने


राष्ट्रवादी केन्द्र नेपालले वैशाख ११ गतेबाट जनआन्दोलनको घोषणासहित आम हड्ताल गर्ने भएको छ । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले लामो समयदेखिको आर्थिक संकटको निकासका लागि राष्ट्रवादी नेपालको नेतृत्वमा भातृ संगठनसंग मिलेर आन्दोलन गर्न लागेको बताएका हुन् । 

देशमा नियोजित रुपमा भइरहेको लुटतन्त्रको बिरुद्धमा बाध्य भएर राष्ट्रवादी उद्योगी, व्यवसायी महासंघ तथा राष्ट्रवादी यातायात व्यवसायी महासंघको संयुक्त आयोजनामा आम हड्तालग र्न लागेको थापाको भनाइ थियो । 

नागरिकले पाउनुपर्ने न्यूनतम मूल्य र मान्यता नेपाल सरकारको तर्फबाट ग्यारेन्टी हुनुपर्ने र जनताले परवर्तनको महसुस गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने माग उनीहरुको छ । ‘नागरिकले काम गरेर खान पाउनुपर्ने व्यवस्था जो नागरिकले खोजीरहेका छन् त्यो हुनुपर्छ । राजनीतिक शब्दमा भएको परिवर्तन नागरिकको जीवनमा हुन सकेन । वास्तविक जीवनमा सरकारले नागरिकलाई परिवर्तनको अनुभूतिगर्न सक्ने व्यवस्था गर्नुपर्छ ।’ उनले भने ।

उनीहरुले आगामी ४ गते सोमवार विभिन्न ६ बुँदे माग राखेर आम हड्तालगर्ने तथा ११ गते जनआन्दोलन गर्ने घोषणा गरेका छन् । 

वर्तमान नीति परिवर्तन गरी कर्जाको व्याजदर ६ प्रतिशतमा झार्नुपर्ने,यातायात र उद्योग क्षेत्रमा सरकारले गरेको आर्थिक र व्यवसायिक ज्यादतिको अन्त्य गर्नुपर्ने,प्रदेश सरकार खारेज गर्नुपर्ने,महंगीर भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायतका विविध ६ बुँदे माग उनीहरुले सरकारसंग राखेका छन् ।  

राष्ट्रवादी नेपालका अध्यक्ष थापाले आगामी  बैशाख ११ गते कोटेश्वर,कलंकी,गोंगबु, लगायतविभिन्न सात स्थानबाट शान्तिपूर्ण -यालीनिकाल्ने तयारी गरेको पनि बताए । 

Logo