#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21383979764051645333714166591
नेपाल2555199837517077

जडिबुटी संकलन गर्न गएका १२ जना सम्पर्कविहीन

जुम्ला । जुम्लाकाे तिला गाउँपालिकाबाट जडिबुटी संकलन गर्न गएका १२ जना सम्पर्कविहीन भएका छन्।  तिला गाउँपालिका-९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना बेपता भएका हुन्।

बिहीबार जडिबुटी संकलनका लागि पाटनतिर गएको १२ जना सम्पर्कविहीन भएको  उनीहरूका आफन्तले बताएका छन्। जडिबुटी संकलनका लागि गएकाहरूसँग सम्पर्क हुन नसकेको तिला गाउँपालिका-९ का वडा अध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए।

जडिबुटी संकलनमा चारजना महिला र ६ जना पुरुष सहभागि थिए। उनका अनुसार सम्पर्कविहीन हुनेमा तिला-९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन्।

वडाध्यक्ष बोहोराका अनुसार उद्धारको लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले सम्पर्कविहीन भएकाहरूको उद्धारको लागि गृह मन्त्रालयलाई सूचना गर्ने तयारी गरिएको बताए ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार