साग विजेताहरूकाे पुरस्कारदेखि ४ वर्षभित्र सबै स्थानीय तहमा सडक पुर्‍याउनेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतवार विहान सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ मा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।
त्यस्तै साइकल चढ्नु शारिरिक सुगठन र स्वास्थको लागि उपयोगी मानिन्छ । विगतमा काठमाडौंमा थुप्रै साइकल देखिन्थे तर पछिल्लोसमय मानिस सुविधाभोगी बन्दै गएपछि साइकलको प्रयोगमा कमी आएको छ । तर उपत्यकाका महानगर र नगरपालिकाहरुले भने साइकल चलाउन प्रोत्साहन गर्दै साइकल लेन निर्माण थालेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २ सय ६ पदक हात पार्दै दोस्रो स्थान हासिल ग¥यो । जसमा ५१ स्वर्ण, ६० रजत तथा ९५ काँस्य पदक रहेको छ । यो सफलतासँगै खेलाडीहरुलाई सम्मान र पुरस्कार बटुल्दैमा भ्याइनभ्याइ छ ।
मिस नेपाल अनुष्का श्रेष्ठको मिस वल्र्ड यात्रा सुखद रहेको छ । उनले पनि श्रृंङखला खतिवडाकै जस्तो नम्मर र अवार्ड जितेकि छन् । तर, खतिवडाको जस्तो भने चर्चा कमाउन भने सकेकी छैनन् ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

साग विजेताहरूकाे पुरस्कारदेखि ४ वर्षभित्र सबै स्थानीय तहमा सडक पुर्‍याउनेसम्म (भिडियोसहित)