सांसदहरुलाई हर्क राईले दिए चेतावनी, बालेनले जनाए समर्थन

सांसदहरुलाई हर्क राईले दिए चेतावनी, बालेनले जनाए समर्थन


धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन्,'यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्युहरुलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !'

काठमाडौँ महानगरका मेयर बालेन शाहले राईको स्ट्याटसमा 'पूर्ण समर्थन, गर्ने नै यही हो।'  भनि लेखेका छन् ।

Logo