#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31530342970238741370223146402
नेपाल666324291814248061

जनकपुरका दुई ठाउँमा शंकास्पद वस्तु भेटियो

जनकपुरधाम ।

तीन दिन अघि धनुषामा बम बिस्फोटमा परी तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण आतंकित भइरहेका बेला जनकपुरधामको दुई स्थानमा आज पनि शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ । अहिले प्रहरीले त्यहाँ घेरा हालेको र आवत जावतमा रोक लगाएको छ । यसैगरी जनकपुरधाम उपमहानगरपालिका ९ देवी चोकदेखि थापा चोक जाने बाटोको छेउमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार