सांसद सुवाल पनि मेयर बालेनको पक्षमा, खनिए प्रधानमन्त्रीमाथि

सांसद सुवाल पनि मेयर बालेनको पक्षमा, खनिए प्रधानमन्त्रीमाथि


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीले आफ्नो असक्षमतालाई छोप्न झुटो तर्क गरेको आरोप लगाएका छन् । 

आईतबार प्रतिनधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले चुनावबाट सरकार फेर्नुमात्र परिवर्तन नभएको प्रष्ट पारेका हुन् । फोहोरबाट मोहोर बनाउने भन्दै धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे पनि परिणाम भने शून्य भएको पनि सांसद सुवालको कथन थियो । 

‘फोहोरबाट मोहोर बनाउने भनि धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे परिणाम शून्य भयो । चुनावबाट सरकर फेर्नुमात्र परिवर्तन हैन् । हिजो राजा थियो आज ३/४ पटक प्रधानमन्त्रीहरु निर्वाचित राजा जस्तै भए । आफ्नो असक्षमतालाई ढकछोप गर्न प्रधानमन्त्री आफैंले संविधान सभाको घोषणालाई उल्ट्याउन कसैबाट कसरत भईरहेको झुटो तर्क गर्दै हुनुहुन्छ ।’ उनले भने । 

सरकारले गर्नुपर्ने काम नगरेपछि काठमाडौंका मेयरले उचित कुरा उठाएको र सरकारले नगरपालिका घोषणा गर्नु अघि नै फोहोरमैला व्यवस्थापन, सडक जाम,प्रदूषण, खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको उनको भनाइ छ । 

नेमकिपा सांसद सुवालले दिनानुदिन बढ्दै गएको प्रदूषणले आमनागरिक बिभिन्न रोगको शिकार भएको बताए । 

Logo