प्रधानमन्त्री प्रचण्ड हराएको भन्दै संसदमै एमालेले सुनायो सूचना

प्रधानमन्त्री प्रचण्ड हराएको भन्दै संसदमै एमालेले सुनायो सूचना


नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले प्रधानमन्त्री दाहाल बैठकमा आउनै छोडेपछि उनलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ वानेश्वरमा बुझाईदिनुहोला भन्दै व्यक्ति हराएको सूचना वाचन गरेर नै सुनाएका हुन् । 

‘नागरिकताको नामश्री पुष्पकमल दाहाल ,चलन चल्तीको नाम प्रचण्ड , स्थायी ठेगाना फेरिरहने ,अस्थायी ठेगना कहिले खुमलटार , बालुवाटार, हुलिया पहिले पहिले कोट पाईन्ट लगाउने भएतापनि दौरा सुरुवाल र टोपी पनि लगाउने गरेको, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने उहाँ केहीदिन अघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेलापार्नुहुने व्यक्तिले संसद भवन नयाँ वानेश्वमा बुझाईदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ ।’ उनले भने ।  

सांसद पन्तले स्थायी ठेगाना फेरिरहने भन्दै प्रधानमन्त्री दाहालमाथि व्यङ्गसमेत गरेका थिए । 

Logo