#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18444642697189607191411675539
नेपाल2075057573214961

कोठामा मकल बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडौं ।

राजधानीको कीर्तिपुरमा मकल बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ८ मा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको सुतेकै ठाउँमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले अक्सिजन अभावका कारण निसास्सिएर आमा छोराको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।

कोठा साँघुरो र भेन्टिलेसन पनि नभएको हुँदा उनीहरुको निसास्सिएर नै मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको हो । आमा छोरा खाटमा तथा श्रीमान् नवराज रञ्जितकार भने भुइँमै ओछ्यान लगाएर सुतेका थिए।

सम्बन्धित समाचारहरु