#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31527279970179741301323144087
नेपाल652764271761147238

राष्ट्रिय सम्मानका साथ केशव भट्टराईको अन्त्येष्टि गरिने

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । तयारी भइरहेको सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार आज अपरान्ह २ बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

आइतबार राति ओम अस्पताल ल्याउँदा ल्याउँदै अध्यक्ष भट्टराईको निधन भएको थियो । स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।

भट्टराई एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले प्रतिभावान कलाकार गुमाएको बचाउँदै ट्विटबाट समवेदना व्यक्त गरेका छन् ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार