तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!


आज २०८० बैसाख ४ गते साेमवार। १७ अप्रील २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । यात्रा गर्दा सचेत रहन पर्नेछ । सामान हराउने पनि सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा पनि वृद्धि हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुनर्मिलनको योग पनि रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

Logo