नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायमै छ -मन्त्री किराती

नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायमै छ -मन्त्री किराती


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायम रहेको टिप्पणी गरेका छन् । 

सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३९औं प्राज्ञसभा समुद्घाटन कार्यक्रममा मन्त्री किरातीले राजनीति व्यवस्था फेरियो, संविधान नयाँ आयो तर संस्कृतिले पुरानै जरा कायम गरेको बताएका हुन् । 

उनले भने, ‘अहिले हामी यस्तो परिस्थितिमा छाैँ । राजनितिक व्यवस्था फेरिएको छ । संविधान नयाँ आएको छ । हाम्रो संस्कृतिमा पुरानो जरा कायम छ । नयाँ संस्कृती जन्मन प्रसव पिडा  समाजले खेपिरहेको छ । त्यो सँघारमा हामी छौ । आज हामी युगीन परिस्थितिमा छौँ । हामी व्यक्तिको परीक्षामा छैनौँ । हामी युग र व्यवस्था फेल हुने परिस्थितिमा छौँ ।’

उनले आफू आम व्यक्तिको संरक्षक भएको नाताले युगिन परीक्षामा रहेको बताए । पशुपति क्षेत्र विकास कोषमा परीक्षण गर्दा मालामा , दाउरामा , लाशमा भ्रष्ट्राचार र ठेक्कामा कमिसन, दोहोरो संस्थामा सुविधा, पशुपति विकास कोष भित्र सुविधा मात्र नभइ दादागीरि हुने गरेको पाएको उनको भनाई छ ।

भुकम्पपछि कोरोना र त्यसले निम्ताएको समस्याले व्यवसायहरु चौपट भई बैंकको महङ्गो ब्याजसँगै सबै व्यवसाय अप्ठेरोमा परेको मन्त्री किरातीले बताए । उनले भने, ‘अहिले गाउँमा आमा समुह बटुल्ने ऋण दिने, ऋण लिएर मोवाईल किन्ने उत्पादन छैन । ऋण तिर्न नसक्दा आत्महत्या दर बढेको छ ।’

त्यस्तै, सहरमा बैकको व्याज तिर्न नसक्दा व्यवसायहरु छटपटाएको मन्त्री किरातीले उल्लेख गरेका छन् ।  

Logo