नेपालविरुद्ध मलेसियाको १५ ओभरमा एक विकेट गुमाएर ६८ रन

नेपालविरुद्ध मलेसियाको १५ ओभरमा एक विकेट गुमाएर ६८ रन


एसिसी प्रिमियर कप अन्तर्गत नेपाल तथा मलेसियाविरुद्धको खेल जारी रहेकाे छ ।आजको खेलमा मलेसियाविरुद्ध बलिङमा उत्रिएको नेपालले पहिलो विकेट लिएको छ। नेपाली क्रिकेट टिमका गुलशन झाले पहिलो विकेट लिएका हुन् ।

ताजा अवस्थामा मलेसियाले १५ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाएको छ ।मलेसिया क्रिकेट टोलीका अमिर हाजिम १८ बल तीन चौकाको मद्दतमा १७ रन बनाएर आउट भए ।

यतिबेला क्रीजमा विरन्दीपसिंह र कप्तान अमद अफिज क्रमशः १३ रन तथा ३८ रन बनाएर खेलिरहेका छन् ।टस जितेर मलेसियाले पहिला ब्याटिङको निर्णय लिएपछि नेपालको बलिङ जारी छ ।

Logo