बैदेशिक रोजगारमा गएकाहरुको सुरक्षा सरकारले गर्नुपर्छः सांसद कार्की

बैदेशिक रोजगारमा गएकाहरुको सुरक्षा सरकारले गर्नुपर्छः सांसद कार्की


सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैदेशिक रोजगारमा गएका नेपालीहरुको रिहाई, उद्वार र सुरक्षाको विषय सरकारले हेर्नु पर्ने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । तर बैदेशिक रोजगारमा गएका नेपालीहरु विभिन्न देशका जेलहरूमा करिव १ हजार भन्दा बढी रहेको तथ्यांक  सार्वजनिक हुँदा सरकार यसप्रति संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ थियो । 

उनले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको छ । तर वैदेशिक रोजगारमा गएका नेपालीहरु आज विभिन्न देशका जेलहरूमा रहेको तथ्याङ्क करिव १ हजार भन्दा बढि छ ।’

गत वर्षको रेमिट्यान्सले हेर्ने हो भने १० खर्व ७ अर्व रुपैयाँ स्वदेशमा भित्रिएको भन्दै उनले अर्थतन्त्रमा बैदेशिक रोजगारीमा गएका नेपालीले ठूलो योगदान रहेको चर्चा गरे । यही कारण पनि उनीहरुका लागि सहज वातावरण सृजना गर्न सरकारको ध्यान जानु पर्ने सांसद कार्कीको आग्रह थियो ।

Logo