आफ्नो तलबबाट हरेक महिना ३ हजार खेलाडीलाई दिने ज्ञानेन्द्र शाहीको घोषणा

आफ्नो तलबबाट हरेक महिना ३ हजार खेलाडीलाई दिने ज्ञानेन्द्र शाहीको घोषणा


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद सत्ता र कुर्सीको लागि मात्र प्रयोग भएको आरोप लगाएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले बहुदलीय व्यवस्था पुर्नस्थापना भएको ३४ वर्ष वित्दा पनि नेपालीको भविष्य बनाउन संसदले केहि नगरेको आरोप लगाएका हुन् । 

उनले भने,‘यो देशमा बहुदलीय व्यवस्था भएको ३४ वर्ष भयो तर कस्सम खाएर भन्छु यो देश विकास हुनुको साटो विनाश हुँदै गइरहेको छ । ३४ वर्षको इतिहासमा देश बनाउने थलो नेपाल र नेपालीको भविष्य उज्ज्वल बनाउने कोही हो भने त्यो संसद हो । तर  विडम्बनाकासाथ भन्नुपर्छ ३४ वर्षको इतिहासमा विकासको लागि भन्दा पनि सत्ता र कुर्सीको लागि यो सदन प्रयोग भयो । आज संसद र आज मूलुक धरासयी भयो ।’

उनले प्रत्येक महिनाको आफ्नो तलबबाट तीन हजार रुपैयाँ खेलाडीलाई खर्च गर्ने घोषणा पनि गरे । प्रदेशलाई खारेज गरी १६५ सांसदहरुबाट १०५ जनालाई प्रत्यक्ष सांसद बनाउन पनि उनले आग्रह गरे । 

Logo