हिन्दू धर्मको अस्तित्व रक्षा गर्न नेपाल र भारत सक्रिय हुनुपर्छः महामन्त्री पराण्डे

हिन्दू धर्मको अस्तित्व रक्षा गर्न नेपाल र भारत सक्रिय हुनुपर्छः महामन्त्री पराण्डे


विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेले हिन्दू धर्मको अस्तित्व रक्षा गर्न नेपाल र भारतले मिलेर काम गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । 

मंगलबार जनकपुरधाममा आयोजित हिन्दू सामाजिक, सांस्कृतिक संगठन र समाज प्रतिको भुमिका विषयक अन्तरक्रियामा महामन्त्री पराण्डेले संसारमा नेपाल र भारत देशमा मात्र विशुद्ध हिन्दू धर्मावलम्बी बाँकी रहेको बताएका हुन् । 

उनले विश्वकल्याण, मानवता र प्रत्येक जीवजन्तुको बारेमा सोच्ने धर्म एकमात्र हिन्दू धर्म भएकोले सम्पूर्ण हिन्दू समाज एकजुट भएर हिन्दुत्वको रक्षा गर्नुपर्ने बताएका हुन् । सनातन धर्म रहे, यो संसार रहे सबैको कल्याण हुने धारणासमेत उनले व्यक्त गरे । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाम हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेकोले जनकपुरधामलाई विश्वमा चिनाउन आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न हिन्दू समाज, हिन्दू परिषद, संघ संस्थाका पदाधिकारी एवम हिन्दू धर्मावलम्बिहरुको उपस्थिति रहेको थियो ।

Logo