प्रिमियर कप क्रिकेट : आज दुई खेल हुँदै

प्रिमियर कप क्रिकेट : आज दुई खेल हुँदै


प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुर मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी मुलपानी मैदानमा हुने अर्को खेलमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल आज बिहान पौने ९ बजे सुरु हुने छन्। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ। त्यसैगरी मुलपानी मैदानमा हिजै भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो। एसीसी प्रिमियर कपमा १० टोलीको सहभागीता रहेकाे छ । 

Skip This
Logo